पोखरा, ११ फागुन २०८१।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाबाट अबैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।
माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर बिक भरूवा बन्दुक दुई थान र बारूद सहित शनिबार दिउँसो पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
अभियुक्त बिकबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।