पोखरा, ११ फागुन २०८१।
काठमाण्डौ जाने क्रममा नौ दिन अघि त्रिशुली नदीमा खसेर बेपत्ता भएका भारतीय सैनिक मृत भेटिएका छन्।
फागुन २ गतेकाठमाण्डौस्थित मामा घर जान्छु भनेर चितवनको भरतपुर महानगरपालिकाको रामनगरबाट हिडेका भारतीय सैनिक रोहित राना आज त्रिशुली नदीमा मृत भेटिएका हुन्।
लमजुङको चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा बस्दै आएका २७ वर्षीय भारतीय सैनिक रोहित राना काठमाण्डौ जाने क्रममा फागुन २ गते उनी चढेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल चितवनको इच्छाकामना गाउँपालिका–५ मा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किंदा राना सडकबाट अन्दाजी डेढसय मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।
उनको सशस्त्र प्रहरीका गोताखोरहरुले खोजि गरे पनि फेला परेका थिएन्नन। आज भने उउनको शब् नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।