नवलपुरमा टिप्पर दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते

नवलपुरमा टिप्पर दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ फाल्गुन २०८१
  • 5.5K
    Shares

पोखरा, ११ फागुन २०८१।

नवलपुरमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पाल्पाबाट चुनढुङ्गा बोकेर विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीस्थित होङसी सिमेन्ट कम्पनीतर्फ जाँदै गरेको ना १ क ९१२९ नम्बरको टिप्पर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ हार्वलेचोकमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर मकवानपुरको बागमती गाउँपालिका–६ फापरवासी घर भएका ३२ वर्षीय नरबहादुर वाइबाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

सोही दुर्घटनामा परेर विनयी त्रिवेणी गाउँपालिका–३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार, तथा पर्सा वीरगन्ज उपमहानगरपालिका–२७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि लुम्बिनी हेल्थ केयर सेन्टर सर्दीमा उपचार भई रहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ । फाइल चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार