प्युठानमा बृद्ध दम्पत्तिको हत्या !

प्युठानमा बृद्ध दम्पत्तिको हत्या !


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० फाल्गुन २०८१
  • 2.8K
    Shares

पोखरा, १० फागुन २०८१।

प्युठानमा एक दम्पत्तिको गएराती हत्या भएको छ। प्युठान जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीका ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया श्रीमती हुकुमा परियारको गएराती हत्या भएको हो।

स्थानीय बासिन्दाहरुका अनुसार, शुक्रबार राति खाना खाएर सुतेका उनीहरु शनिबार बिहान घरमै मृत भेटिएका थिए। उनीहरु बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए । जानकारी पाउना साथ प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । साथै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफैँ घटना अनुसन्धानमा खटिएको छ ।

घटनास्थलमै रहेका प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी नायब उपरीक्षक बस्यालको नेतृत्वमा अपराध अनुसन्धान शाखाका सात जना प्रहरी अधिकृतसहितको टोली खटिएको जानकारी दिए।

मृतकहरूको शरीर र टाउकोमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न भइरहेको र अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार