पोखरा, १० फागुन २०८१।
आफुले नै पढाउने १४ वर्षीया छात्रालाई वलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक शिक्षक पक्राउ परेका छन्।
सिन्धुली जिल्लाको मारीण गाउँपालिका वडा नम्बर १ मा रहेकोबसेरी निम्न माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रालाई वलात्कार गरेको आरोपमा प्रहरीले सोही बिद्यालयका शिक्षक २२ वर्षीया गोरख वि कलाई पक्राउ गरेको हो।
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर ९ घर भएका शिक्षक बिकले ती छात्रालाई “प्रश्नपत्र दिन्छु भनी कोठामा बोलाई गत बिहिबार राति करिब १०:३० बजेदेखि विहान ३:०० बजेसम्म जबरजस्ती करणी गरेको प्रहरीले आरोप लगाएको छ।
छात्रा वलात्कारको घटना बारे विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू र वडा अध्यक्षको उपस्थितिमा छलफल गरिएको अवस्थामा तत्काल प्रहरी चौकी हरिहरपुर र कपिलाकोटबाट खटिएको प्रहरी टोलीले आरोपित शिक्षक बिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।