प्रहरीको कृषि फर्मबाट बोलेरो जिपमा राखिएको ठुलो मात्रामा अबैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

प्रहरीको कृषि फर्मबाट बोलेरो जिपमा राखिएको ठुलो मात्रामा अबैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० फाल्गुन २०८१
  • 11.5K
    Shares

पोखरा, १० फागुन २०८१।

पोखराको एक कृषि फार्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अबैध लागू औषधसहित तीन जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनास्थित मंगलम कृषि फर्म प्रा.लि.को कम्पाउण्ड भित्र पार्किङ गरिराखेको लु २ च १५०९ नं. को बोलेरो जिपबाट ठुलो मात्रामा अबैध लागू औषधसहित तीन जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त बोलेरो जीपबाट ठुलो मात्रामा अबैध लागू औषधसहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पक्राउ परेका अभियुक्तहरुमा उक्त जिपका चालक नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का ३७ वर्षीय राजेश सैथवार, सोही जिपमा सवार नवलपरासीके रामग्राम नगरपालिका वडा नं.१२ बस्ने बर्ष २८ को संसद अन्सारी र नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय प्रेम सागर यादव रहेको प्रहरीले बताएको छ।

उनीहरुको साथबाट अबैध लागू औषध डाईजेपाम- दुईसय ६४ एम्पुल, बुर्फिननुर्फिन- दुईसय ६३ एम्पुल र फेनारगन- दुईसय ६५ एम्पुल गरी जम्मा साथ् सय ९२ एम्पुल लागू औषध, पांच थान मोबाईल पनि बरामद भएको प्रहरीले दाबी गरेको छ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार