बुटवलबाट काठमाडौं जाँदै गरेको नवलपुरमा दुर्घटना, ११ जना घाइते

बुटवलबाट काठमाडौं जाँदै गरेको नवलपुरमा दुर्घटना, ११ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ फाल्गुन २०८१
  • 6.6K
    Shares

पोखरा, ९ फागुन २०८१।

नवलपुरमा गएराती बस दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका छन्।

बुटवलबाट काठमाडौं हिडेको बस नवलपुरको देवचुली ११ दलदलेमा गएराति सवा २ बजेतिर दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका हुन् ।

घाइते ११ जना मध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र पाँच जनाको देवचुली अस्पताल दलदलेमा उपचार भईरहेको छ । भरतपुर उपचारका लागि पठाइएका छ जनाको अवस्था मध्यम रहेको र बाँकी पांच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ५ बस्ने बर्ष ४० का सुजन कार्की, काठमाण्डौको पुतलीसडक बस्ने बर्ष ३५ का रोमराज लामिछाने, वर्ष ३२ की बिजया लामिछाने, बर्ष ३५ का निदान लामिछाने, बर्ष २८ की प्रज्ञा लामिछाने, रामेछाप निवासी बर्ष ३३ की स्वस्तिका दाहाल, पाल्पा जिल्ला निवासी बर्ष ३४ का भोज बहादुर जर्धा, अर्घाखाँची निवासी बर्ष ३२ का बिशाल भुषाल, बर्ष २९ का आसिस बि.क., रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४ बस्ने बर्ष ३२ का अवि थापा र बाग्लुङ जिल्ला निवासी बर्ष ५० की कौसिला थापा घाइते भएका छन् । बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले जनाएका छन् ।

Read more at Nawalpur Online : https://www.nawalpuronline.com/2025/02/24145

प्रतिक्रिया
सम्बन्धित समाचार