पोखरा, ७ फागुन २०८१।
रोल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकमा दुर्घटनाग्रस्त हुँदा टिपर चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर निजगढ ५, बारा निवासी ३६ वर्षीय टिपर चालक जिते कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीले जानकारी दिए।
उक्त टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।