काठमाण्डौको कालीमाटी तरकारी बजारमा मजदुरको हत्या : छ जना पक्राउ

काठमाण्डौको कालीमाटी तरकारी बजारमा मजदुरको हत्या : छ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ फाल्गुन २०८१
  • 5.9K
    Shares

पोखरा, ७ फागुन २०८१।

काठमाडौँको कालीमाटी तरकारी बजारमा एक जना मजदुरको हत्या भएको छ। तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या भएको हो।

तरकारी बजारमा बुधबार बिहान मृत भेटिएका दाहालको टाउको र शरीरमा चोटपटक देखिएको प्रहरीले जानकारी दिएको छ।

बिहान कोठा नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

प्रहरीले दाहल्संगे बस्ने र संगै काम गर्ने समेत छ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार