धरानमा शान्ति सद्भाव भडकाएको आरोपमा बेघा पक्राउ

धरानमा शान्ति सद्भाव भडकाएको आरोपमा बेघा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ फाल्गुन २०८१
  • 5.2K
    Shares

पोखरा, ७ फागुन २०८१।

सामाजिक सञ्जालमा अफाह फैलाएर साम्प्रदायिक बनेर धरानको शान्ति सद्भाव भडकाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

सुनसरीको धरान उपमहानगरपालिकाको अफवाह फैलाएर शान्ति सद्भाव भड्काएको अभियोगमा सिर्जना बेघा पक्राउ परेकी हुन्। उनलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार बिहान अमरहाटबाट पक्राउ गरेको हो। उनलाई अवैध चन्दा असुली कार्यमा संलग्न रहेको अभियोग पनि रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकास जबेगुले जानकारी दिए।

वर्षदिन अगाडिदेखि सिर्जनाले धरानको शान्ति सद्भाव भड्काउन कानुनविपरीतका क्रियाकलाप गरेको प्रहरीले जनाएको छ।

यस अगाडि सार्वजनिक स्थलमा गोरु काटेर भोज खाएको भिडियो सामाजिक सञ्जालमा हालेको र इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको अभियोगमा पनि सिर्जना पक्राउ परेकी थिइन्।

उनलाई बुधबार जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लग्ने तयारी छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। सिर्जनाले सामाजिक सञ्जालको दुरुपयोग गरि प्रहरी प्रशासन विरुद्ध झुटा आरोप लगाउने गरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार