पोखरा, ७ फागुन २०८१।
चन्दा उठाउँदा उठाउँदै एक युवा काठमाण्डौबाट पक्राउ परेका छन्।
आफुलाई नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) को कार्यकर्ता बताउने खोटाङको खोटेहाङ गाउँपालिका ८ का ३९ वर्षीय भरतकुमार राई चन्दा उठाउँदा उठाउँदै मंगलबार दिउँसो साढे ४ बजेतिर काठमाडौँ महानगरपालिका ३१ नयाँबानेश्वरस्थित पञ्चकुमारी मार्गबाट पक्राउ परेका हुन्।
आफू नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) को कार्यकर्ता भएको दाबी गर्दै राईले विभिन्न स्थानमा चन्दा रकम माग गरेको प्रहरीको दाबी छ।
उनीविरुद्ध यसअघि पनि प्रहरी वृत्त नयाँ बानेश्वरबाट हात हतियार खरखजना, बैंकिङ कसुर, विस्फोटक पदार्थ सम्बन्धि कसुर र डाँका सम्बन्धि कसुुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अभिलेखमा भेटिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
उनको साथबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विद्रोही) लेखेका पर्चा पम्प्लेटहरु, पार्टीका लेटरप्याडमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने व्यहोरा लेखिएका पत्रहरु, स्पष्टिकरण सोधिएका पत्रहरु, खालि लेटरप्याड, न्याय पाउँ भन्ने कविता नेपाली र प्रविण नेपालीको निवेदन, पार्टीका प्रेस विज्ञप्ति, छाप र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (विद्रोही) लेखेका सहयोग रसिद दुई ठेली बरामद भएको एसपी बोहराले बताए।