सेती प्रादेशिक अस्पतालमा डा. बेदप्रकाश भट्ट एकाबिहानै कुटिए

सेती प्रादेशिक अस्पतालमा डा. बेदप्रकाश भट्ट एकाबिहानै कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ फाल्गुन २०८१
  • 5.3K
    Shares

सेती प्रादेशिक अस्पताल

पोखरा, ५ फागुन २०८१।

कैलालीको सदरमुकाम धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. बेदप्रकाश भट्ट आज एकाबिहानै कुटिएका छन् ।

आईसीयूमा बिरामी जाँचेर फर्किने क्रममा डा. भट्टलाई आज बिहान करीब ४ बजे एकजना बिरामीका कुरुवाले कुटेका हुन्।

भट्टलाई रक्तचाप सम्बन्धी बिरामी भएर आइसीयूमा भर्ना भएका धनगढी उपमहानगरपालिका–१३ का रमतर रानाका कुरुवा बसेका छोरा कृष्ण रानाले कुटपिट गरेका प्रहरीले जानकारी दिएको छ।

डा. भट्टमाथि आक्रमण गरेको आरोप लागेका बिरामी कुरुवा कृष्ण रानालाई पक्राउ गरिएको र आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।

आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा समान्य चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार