भारतको नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न ठीक्क परेको जेट एयरको जहाजमा बम रहेको हल्ला भएपछि उठान रोकिएको छ । अपरिचित समूहले टेलिफोन गरेर जेट एयरको बिमानमा बम रहेको जानकारी गराएपछि उडान रोकिएको जनाइएको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट मध्यान्ह १२ बजे उड्ने तयारी गरेको जहाजमा बम राखेको सूचना टेलिफोनमा सुरक्षा अधिकारीलाई आएको थियो ।
सो जानकारीपछि सुरक्षाकर्मीले यात्रुको खानतलासी गरेका थिए । सुरक्षाकर्मीले जेट एयरको बिमानमा खानतलासी समेत गरेका छन् । खानतलासीपछि कुनै पनि बम वा संकास्पद बस्तु फेला नपरेको स्रोतले जनाएको छ । बम राखेको फोन गरेर हल्ला फिजाउनेको खोजतलास सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जेट एयरवेजको फ्लाइन नम्बर ९डब्लु– २६० जहाजको आजको फ्लाइटमा १ सय ४ जना यात्रु र ७ जना चालक दलका सदस्य थिए ।