पोखराको पृथ्वीचोकबाट अबैध लागू औषधसहित तीन युवा पक्राउ

पोखराको पृथ्वीचोकबाट अबैध लागू औषधसहित तीन युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ फाल्गुन २०८१
  • 5.7K
    Shares

पोखराबाट लागू औषधसहित पक्राउ परेका युवा

पोखरा, ३ फागुन २०८१।

पोखराको पृथ्वीचोकबाट अबैध लागू औषध सहित तीन युवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले शुक्रबार दिउसो तीन बजेको समयमा पृथ्वीचोकबाट अबैध लागू औषध सहित तीन युवा पक्राउ गरेको हो।  

 

पक्राउ परेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष २१ को रोहित तमाङ, महोत्तरीको बर्दिबास नगरपालिका  वडा नं. ८ बुद्धचोक स्थायी ठेगाना भै हाल पोखराको  पृथ्वीचोक बस्ने वर्ष २१ को मदन अधिकारी र स्याङ्जाको फेदिखोला गाउपालिका  वडा नं.०२ स्थायी ठेगाना भै हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष ३५ को नबिन खत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। 

उनीहरुको साथबाट  लागू औषध डाईजापाम-२८ एम्पुल, फेनरागन-२८ एम्पुल, बुर्फिनर्फिन-२८ एम्पुल गरी जम्मा ८४ एम्पुल र मोवाईल ३ थान समेत बरामद भएको प्रहरीले बताएको छ।

उनीहरुविरुद्ध  कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार