आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार महंगिए : अस्ट्रेलियन डलर, पाउन्ड र युरो सस्तिए

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार महंगिए : अस्ट्रेलियन डलर, पाउन्ड र युरो सस्तिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ माघ २०८१
  • 3.7K
    Shares

पोखरा , १६ माघ २०८१।

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, पाउन्ड, युरो, अस्ट्रेलियन डलरसहितका मुद्रा भने आज सस्तिएका छन्। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४६ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३२ र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८२ र बिक्रीदर ८७ रुपैयाँ २० पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ६७ र बिक्रीदर चार सय ४९ रुपैयाँ ६२ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ २७ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

प्रतिक्रिया