बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार


  • एजेन्सीहरु
  • बिहिबार, ३ माघ २०८१
  • 6.5K
    Shares

पोखरा , ३ माघ २०८१।

बलिउड अभिनेता सैफ अली खानमाथि राति चक्कु प्रहार भएको छ। प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए। त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका र उहाँको उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लख छ।

समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत एक व्यक्ति सैफ अली खानको घरमा पसेर पहिले उहाँको घरेलु कामदारसँग झगडा गरेको, त्यसमा जब सैफले हस्तक्षेप गर्न खोजेपछि उक्त व्यक्तिले सैफमाथि आक्रमण गरेको जनाएको छ।

प्रतिक्रिया