ओमानमा नेपालीले चलाएको कार दुर्घटना : दुई नेपालीको मृत्यु

ओमानमा नेपालीले चलाएको कार दुर्घटना : दुई नेपालीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ असोज २०८१
  • 15K
    Shares

पोखरा,६ असोज २०८१।

ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । स्थानीय नीज्वा फुटबल क्लबको क्याटेन समेत रहेका तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको कार आइतबार दुर्घटनाग्रस्त हुँदा उनीसहित दुई नेपालिको ज्यान गएको हो।

सारूले चलाएको कार ओमानको राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा अनियन्त्रित भई गएको आइतबार दुर्घटनाग्रस्त हुँदा उनी सहित झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ ।

ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दुतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावास ओमानका द्वितिय सचिव विशेष कुमार झाले बताए ।

एनआरएन ओमानका पूर्व अध्यक्ष दिपक श्रेष्ठका अनुसार मृतक सारु त्यहाँ रहेको नीज्वा फुटबल क्लबको क्याटेनको रुपमा खेल्दै आएका थिए ।

प्रतिक्रिया