अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा श्रीमान नरेश भट्ट गिरफ्तार, बच्चा प्रहरीको संरक्षणमा

अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा श्रीमान नरेश भट्ट गिरफ्तार, बच्चा प्रहरीको संरक्षणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ भाद्र २०८१
  • 8K
    Shares

पोखरा,७ भदौ २०८१ ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराइरहेकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको श्रीमान नरेश भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ भने उनीहरुको बच्चालाई प्रहरीले आफ्नो संरक्षणमा राखेको छ ।

मनासस पार्क प्रहरीले पत्रकार सम्मेलनमा ममताका पति नरेश भट्टलाई घटनासँग सम्बन्धित ‘चासोको व्यक्ति’ (Person of Interest) को रूपमा औंल्याइएको थियो । प्रहरीका अनुसार नरेश भट्टले प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गरेका छैनन्।

ममता काफ्लेको हत्या उनकै श्रीमान् नरेशले नै गरेको निचोडमा अमेरिकी प्रहरी पुगेको छ ।

भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नवआमा काफ्लेले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्। उनले सामाजिक सञ्जालको महिला समूहमा यो आग्रह गरेकी थिइन्।

उनी २७ जुलाइमा युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको र उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको प्रहरीले जनाएको छ। श्रीमान्‌ले ३१ जुलाई १६ साउनमा अन्तिमपटक देखेको बताएका छन्।

प्रतिक्रिया