काभ्रेका युवा अस्ट्रेलियाको समुद्री तटमा मृत भेटिए

काभ्रेका युवा अस्ट्रेलियाको समुद्री तटमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ भाद्र २०८१
  • 6.1K
    Shares

काभ्रेका सुबाश बोलखे

पोखरा, २ भदौ २०८१ ।

विगत २१ दिनदेखि सम्पर्कविहीन काभ्रेका एक युवा अस्ट्रेलियाको समुद्री तटमा मृत भेटिएका छन्। जिल्लाको पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष बोलखे शनिबार बिहान १२ बजेतिर समुद्रको तटमा भेटिएको हो।

अध्ययनका सिलसिलामा नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका बोलखे पछिल्लो दुई महिनादेखि एक्लै बस्दै आएका खबर आएको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले जानकारी दिए।

उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको र आवश्यक अनुसन्धान भइरहेको तामाङले बताए।

आइतबारबाटै सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ प्रवक्ता तामाङले जानकारी दिए।

प्रतिक्रिया