माल्टामा रहेका तनहुँका पन्त बेपत्ता : खोजीमा सहयोग गरिदिन अनुरोध

माल्टामा रहेका तनहुँका पन्त बेपत्ता : खोजीमा सहयोग गरिदिन अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० चैत्र २०८०
  • 22.7K
    Shares

माल्टामा बेपत्ता तनहुँका प्रकाश पन्त

पोखरा,२० चैत २०८०/

रोजगारीको शिलसिलामा माल्टामा रहेका तनहुँका एक युवा बेपत्ता भएका छन्। तनहुँको ब्यास नगरपालिका वडा नं ११ घर भएका प्रकाश पन्त बेपत्ता भएका हुन् ।

पन्तकी श्रीमती र भाइहरुले पन्त हराएको भनेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समवन्य परिषद माल्टामा जानकारी दिंदै खोजीका लागि सहयोग गर्न अनुरोध गरेको प्राप्त जानकारीमा उल्लेख छ।

सामाजिक संजालमा सुचना आउने बित्तिकै तथा निवेदन परेपछि माल्टाको अध्यागमन, प्रहरी प्रशासन र डिटेन्सन सेन्टर सबै तिर बुझ्ने काम भएको गैरआवासीय संघ माल्टाले जानकारी दिएको छ ।

अहिलेसम्म पन्त कही कतै रहेको जानकारी नआएकाले उनको खोजीमा एकजुट भै सहयोग गर्न माल्टास्थित सम्पूर्ण सामाजिक तथा राजनैतिक संघसंस्था, समाजसेवी र बुद्धिजिबीसमक्ष गैर आवासीय नेपाली संघ राष्ट्रिय समवन्य परिषद माल्टाले अनुरोध गरेको छ।

प्रतिक्रिया