पोखरा, १७ चैत २०८०/
भारतको जम्मुमा यात्रुबाहक टभेरा नामको ट्याक्सी शुक्रबार बिहान १ बजेतिर दुर्घटनाग्रस्त हुँदा १० जना मजदुरको मृत्यु भएको छ। मजदुर लिएर जम्मुबाट कश्मीर जाँदै गरेको ट्याक्सी जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गको रामबन जिल्लाको ब्याट्री चश्मा क्षेत्र नजिकै सडकबाट करीब तीन सय मिटर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुईजना चालक जम्मूका बलवान सिंह र बिहारका विपिन मुखिया रहेको पुष्टि भएको छ । मृत्यु हुनेमा अधिकांश जम्मु कश्मीरका गैरवासी रहेको बताइएको छ ।
भिषण वर्षाका बाबजुद रामबन प्रहरी, एसडीआरएफ र स्थानीय स्वयंसेवकहरूले उद्धार गरेका थिए।