पोखरा, १५ चैत २०८०/
अमेरिकामा भएको सवारी दुर्घटनामा परेर एक नेपाली महिलाको मृत्यु भएको छ। मेरिल्याण्डमा दुई सवारी आपसमा ठोक्किँदा घाइते भएकी पार्वती रेग्मी पौडेलको उपचारका क्रममा मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
गत आइतबार भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका अधिकारीहरुले बताएका छन्। घाइते हुनेमा पौडेलका आफन्त पनि छन्।
वाशिंगटन डिसी घुमेर न्यूयोर्क घुम्न जाने क्रममा उनी सवार गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
४६ वर्षीया पौडेल अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा परिवारसहित बस्दै आएकी थिइन्। पति सन्दीप पौडेल, छोरा शिशिर र छोरी शिवानीसहित उनी अमेरिकामा बस्दै आएकी थिइन्।