गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा पारित : अमेरिकासंग रिसायो इजरायल

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा पारित : अमेरिकासंग रिसायो इजरायल


  • एजेन्सीहरु
  • मंगलबार, १३ चैत्र २०८०
  • 3.8K
    Shares

सुनयुक्त राष्ट्र संघीय सुरक्षा परिषद

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् (यूएनएससी)ले गाजामा तत्काल युद्धविराम कार्यान्वयन गर्ने प्रस्ताब पारित गरेको छ। गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै चीनले राखेको प्रस्ताबमा अमेरिकाल सहभागी नभए पनि उक्त प्रस्ताब पारित भएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गरेको बताए। उनले यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मेहनतको प्रशंसा गरेको पनि बताए।

यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए।

यसबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ ।

उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए । यो प्रस्तावको मतदानमा अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल क्रुद्ध बनेको हो।

अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजामा इजरायली सेनाले थालेको हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो।

प्रतिक्रिया