किन पक्राउ परे भारत नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल ?

किन पक्राउ परे भारत नयाँदिल्लीका मुख्यमन्त्री केजरीवाल ?


  • एजेन्सीहरु
  • शुक्रबार, ९ चैत्र २०८०
  • 8.4K
    Shares

नयाँ दिल्ली (भारत) का मुख्यमन्त्री केजरिवाल पक्राउ

पोखरा, ९ चैत २०८०/

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) नेता अरविन्द केजरिवाल बिहीबार पक्राउ परेका छन् ।

उनलाई अन्तःशुल्क नीति (सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा इन्फोर्समेन्ट डायरेक्टोरेट अथवा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो ।

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।

केजरिवाल पदमै रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।

दिल्लीकी मन्त्री एवं आप पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरिवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् ।

“उहाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा जारी रहनुहुनेछ । यदि आवश्यक पर्‍यो भने उहाँले जेलबाट नै सरकार चलाउनुहुनेछ । उहाँलाई जेलबाट सरकार चलाउनबाट रोक्ने त्यस्तो कुनै नियम छैन,” अतिशीले राष्ट्रिय राजधानी दिल्लीमा पत्रकारहरूसँग बोल्दै भनेकी छन् ।

प्रतिक्रिया