माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विकास थापाको नेतृत्वमा २२ जना बिधार्थी नेताले बिद्रोह गरेका छन् । आज काठमाडौँमा भएको एक कार्यक्रममा थापासहित २२ जना विप्लब माओबादी निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामाले आफ्नो पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामाले युवा बिद्यार्थीको सपना साकार पार्ने पार्टी हो नेपाल कम्युनिस्ट पार्टी मात्रै भएको बताए ।
अखिल क्रान्तिकारीक उपत्यका संयोजक लोकेश बिश्वकर्माले नेटपत्रिकासँग कुराकानी गर्दै अब क्रान्तिकारी बिधार्थीबीच तिब्र रुपले धुब्रिकरण हुन जरुरी रहेको बताए ।
त्यस्तै नेता विकास थापाले माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले बिधार्थी आन्दोलनको नेतृत्व गर्न नसक्ने भएकाले आफु अखिल क्रान्तिकारी-बिप्लवमा प्रवेश गरेको बताए । कार्यक्रममा सामना परिवारले सास्कृतिक प्रस्तुति देखाएको थियो ।
