अबैध बाटो हुँदै दोश्रो पटकमा अमेरिका पुगेका रुकुमका पुनद्वारा आत्मदाह

अबैध बाटो हुँदै दोश्रो पटकमा अमेरिका पुगेका रुकुमका पुनद्वारा आत्मदाह


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० फाल्गुन २०८०
  • 39K
    Shares

पोखरा, ३० फागुन २०८०/

दोश्रो पटकको अथक प्रयासपछि छ महिना अघि अमेरिका पुगेका रुकुमका युवाले आत्मदाह गरेका छन्। घरबार बेचेर छ महिना लगाई अबैध तरीकाले अमेरिका पुगेका रुकुमका मानबहादुर पुनले आफुले काम गर्ने रेस्टुरेन्टमा नै आत्मदाह गरेका हुन्।

करीब ५० लाख रुपियाँ खर्चिएर अबैध बाटो हुँदै अमेरिका पुगेका पुनले आफुले काम गर्ने क्यालिफोर्नियाको स्याटलाम्यान्ड़ोस्थित नमस्ते रेस्टुरेन्टमा आत्मदाह गरेको अमेरिकामा रहेका पत्रकार सुजन ढकालले जानकारी दिएका छन्। उनले खाजा खाने समयमा एक्लै भएको अवस्थामा आत्मदाह गरेको बताइएको छ।

पहिलो पटक उनी अमेरिका जान भनेर घरबाट हिडेको भए पनि बीच बाटोबाटै फ़र्काइएकोमा दोश्रो पटक भने उनी गत चैतमा घरबाट हिडेका र अबैध बाटोबाटै छ महिना लगाएर अमेरिका पुग्न सफल भएका थिए।

प्रतिक्रिया