पोखरा, २८ फागुन २०८०/
आफ्नो मातृभुमि नेपाललाई चिनाउन यस वर्ष पनि जापानमा रहेका नेपालीहरुले जापानमा नेपाल महोत्सव गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएन) जापान तथा जापानमा रहेका बिभिन्न संघ संस्थाहरुको सहयोगमा फुकुओका क्युसु क्षेत्रले यस बर्षपनि आउँदो अप्रिल ६ तारिखका दिन फुकुओका शहरमा नेपाल महोत्सव गर्न लागेको हो।
आइतबार जापानको फुकुओका शहरमा आयोजित एक छलफल कार्यक्रममा एन.आर. एन.ए. जापानका सचिब अर्जुन बगालेले महोत्सव आयोजना गर्न करीब ४० लाख रुपियाँ खर्च लाग्ने र लगभग नेपाली तथा बिदेशी गरी करिब पाँच हजारले महोत्सबको अबोलकन गर्ने बताए। उनले नेपाली कला, संस्कृतिलाइ चिनाउने पर्बका रुपमा मनाउन लागिएको यस नेपाल महोत्सवले नेपाली पर्यटन क्षेत्रलाई महत्वपुर्ण टेवा पुर्याउने बिश्वास व्यक्त गरे।
सोही कार्यक्रममा क्युसु क्षेत्रिय अध्यक्ष बिबेक बुढाथोकीले महोत्सवको तयारीका लागि बिभिन्न ठाउँमा बृहत छलफल गर्ने क्रम चलिरहेको र आबश्यकता अनुसार जिम्मेवारी बाँडफाड गर्ने कार्य भैरहेको जानकारी दिए।
यस्तै क्षेत्रीय सचिब केशब लामिछाने, मेला उपसंयोजक कृष्णहरि पाठक लगायतले, कार्यक्रम सम्मन्न गर्न जापानमा रहेका नेपाली समाज, संघ संस्था, विभिन्न क्षेत्रमा कार्यरत पेशा तथा ब्यबसायी सम्बद्ध महानुभाव हरुको महत्वपूर्ण भूमिका रहने कुरा औल्याए ।
कार्यक्रममा प्राध्यापक डा. हरि देवकोटा, इन्जिनियर क्षितिज पन्त, सुरेन्द्र डंगोल, बिनोद बस्नेत, खुमामोतो नेपाली समाजका अध्यक्ष्य कृष्ण पाण्डे, लगायतका सहभागीहरुले मेला सफल बनाउन आफुहरु पुर्ण रुपमा लागीपर्ने प्रतिबद्धता व्यक्त गरे।
