आफ्नै घरमा छोरीसंगै प्रेमीलाई देखेपछि हत्या गर्ने दोलखाका तीन जना जेल चलान

आफ्नै घरमा छोरीसंगै प्रेमीलाई देखेपछि हत्या गर्ने दोलखाका तीन जना जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ फाल्गुन २०८०
  • 8K
    Shares

दोलखाका भिष्म भण्डारीको हत्या आरोपी

पोखरा, ५ फागुन २०८० /

आफ्नै घरमा आफ्नै छोरीसँग संगै देखिएका छोरीका प्रेमीलाई हत्या गर्ने दोलखाका तीन जना जेल चलान भएका छन्। छोरीको प्रेमीलाई बिभत्स तरीकाले हत्या गरेको आरोप लागेका दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, इस्वर नेपाली र विशाल नेपाली जिल्ला अदालत दोलखाको आदेश बमोजिम जेल चलान भएका हुन् ।

गत पुस ११ गते राति गाउँमा लागेको मेलाबाट फर्किदै गर्दा पुस्कर नेपालीले आफ्नै घरमा छोरीसँग उनका प्रेमी शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई देखे पछि खुकुरीले छप्काएर हत्या गरेका थिए । प्रहरी अनुसन्धानमा अभिभावक नभएका बेला प्रेमिकालाई भेट्न गएका युवकलाई मदिरा सेवन गरी फर्किएका पुस्कर, इस्वर र विशालले खुकुरीले घाँटी रेटेर क्रुरतापुर्वक हत्या गरेको देखाएको छ । गत पुस १६ गते भण्डारीको शव घाँटी रेटेर अलग गरिएको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको थियो ।

उक्त हत्या आरोपमा पक्राउ परेका पुस्कर नेपाली, इस्वर नेपाली र विशाल नेपालीलाई दोलखा जिल्ला अदालतले पुर्पक्षमा रहने गरी थुनामा राख्ने आदेश दिए पछि चरिकोट कारागार चलान गरिएको श्रेस्तेदार, उपसचिव अन्जन भट्टले जानाकारी दिए।

प्रतिक्रिया