बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश


  • एजेन्सीहरु
  • बुधबार, २ फाल्गुन २०८०
  • 5.1K
    Shares

बलिउड अभिनेत्री जयाप्रदा

पोखरा, २ फाक्गुन २०८० /

भारतको एमपी÷एमएलए अदालतले पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदालाई पक्राउ गर्न आदेश दिएको छ । आचारसंहिता उल्लङ्घनको मुद्दामा सातौँ पटकसम्म पनि अदालतमा उपस्थित नभएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो ।

आचारसंहिता उल्लङ्घनको मुद्दामा रामपुरमा रहेको एमपी÷एमएलए अदालतले अभिनेत्री जयाविरुद्ध ६ वटा गैर जमानती वारेन्ट जारी गरेको छ । सातौँ पटक पनि अदालतमा जया उपस्थित नभएपछि अदालतले अभिनेत्रीलाई पक्राउ गरी अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको हो ।

सन् २०१९ मा जया प्रदा भारतीय जनता पार्टी(भाजपा)को प्रतिनिधित्व गर्दै रामपुरबाट लोकसभाको उम्मेदवार थिइन् । त्यसताका जयाले र्यालीका क्रममा केही आचारसंहिता उल्लङ्घन गरेको आरोप छ । उनी विरुद्ध दुई कानुनी मुद्दा दर्ता भएका छन् । अदालतले जयालाई पटक–पटक अदालतमा उपस्थित हुन भनिरहेको छ । यद्यपि, उनले अदालतको आदेशलाई गम्भीर रूपमा लिइनन् । जस कारण अदालतले कुनै विकल्प विना नै जयामाथि पक्राउ वारेन्ट जारी गर्नुपर्‍यो । हालसम्म जया वा उनको टिमले कानुनी अपडेटका बारेमा कुनै पनि आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् ।

प्रतिक्रिया