हङकङमा मिनिबसभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

हङकङमा मिनिबसभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु


  • एजेन्सीहरु
  • शुक्रबार, २६ माघ २०८०
  • 5.8K
    Shares

पोखरा, २६ माघ २०८० /

हङकङमा मिनिबसभित्र शुक्रबार दिउँसो बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ। बिहान ९ बजेदेखि ड्युटीमा रहेका यु नामका ५६ वर्षीय मिनिबस चालक शुक्रबार दिउँसो १ बजेतिर मिनिबसभित्र अचेत अवस्थामा फेला पारि उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अचेत अवस्थामा भेटिनुअघि आज तीन ट्रिप पूरा गरेका चालकले अन्य चालकसँगको च्याट कुराकानीमा केही असजिलो महसुस गरेको र केही क्षणको आरामपछि निको हुने बताएको अनुसन्धानबाट खुलेको छ।

तर, त्यही असजिलो महसुस नै उनको ज्यान जाने घटना पुग्यो।

स्टेसन म्यानेजरलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार मृतक चालक विवाहित हुन् र उनीमा कुनै बिमारको अभिलेख छैन।

प्रतिक्रिया