पोखरा, १८ माघ २०८० /
लमजुङका एक युवाको जापानमा मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको दोर्दि गाउँपालिका- ६ घर भएका २२ बर्षिय युवराज तामाङ रहेका छन् ।
उनको हृदयाघातको कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । उनी शैक्षिक भिसामा गत बर्ष माघमा जापान गएका थिए ।
नेपाली समय अनुसार मंगलबार बिहान ३ बजे मृत्यु भएको बारे जानकारी आएको उनका काका राम लामाले जानकारी दिए । उनको शब नेपाल ल्याउन पहल भएको समेत उनले बताए ।
मृतक तामाङको बाबाआमा, एकजना दिदी र एकजना दाइ छन् ।