लण्डनमा मृत भेटिए, ललितपुरका सन्दीप तामाङ

लण्डनमा मृत भेटिए, ललितपुरका सन्दीप तामाङ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ माघ २०८०
  • 8K
    Shares

लण्डनमा मृत भेटिएका ललितपुरका सन्दीप तामाङ

पोखरा, १३ माघ २०८० /

लण्डनमा एक जना नेपाली युवा मृत भेटिएका छन्। ललितपुर निवासी २५ वर्षीय सन्दीप तामाङ लण्डनमा २० जनवरीमा मृत भेटिएका हुन्।

उनको मृत्युको वास्तविक कारण पत्ता नलागेको र यसबारेमा थप अनुसन्धान भैरहेको लन्डनस्थित हेज क्षेत्रका प्रहरीले जानकारी दिएको छ। केहि समय अगाडि स्किल भिसा अन्तर्गत बेलायत आएका तामाङ पछिल्लो समय परिवारका सदस्यसँग पनि सम्पर्कविहीन रहेका थिए ।

शव फेला पारेपछि प्रहरीले आफन्तको खोजी गर्न लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो । अन्ततः दूतावासको पहलमा मृतक तामाङको परिवारसँग सम्पर्क भएको नेपाली दूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालले जानकारी दिए । उनको शव बुझ्ने र नेपाल पठाउने वा बेलायतमा नै अन्त्येष्टि गर्ने सबन्धमा मृतकका परिवारसँग दूतावासले पहल गरिरहेको छ ।

प्रतिक्रिया