६५ जना युक्रेनी युद्धबन्दी बोकेको रुसी सैन्य विमान युक्रेनी सेनाद्वारा ध्वस्त

६५ जना युक्रेनी युद्धबन्दी बोकेको रुसी सैन्य विमान युक्रेनी सेनाद्वारा ध्वस्त


  • एजेन्सीहरु
  • बिहिबार, ११ माघ २०८०
  • 4.3K
    Shares

पोखरा, ११ माघ २०८० /

रुसको पश्चिमी बेलगोरोड क्षेत्रमा एउटा विमान आगो लागेर दुर्घटनाग्रस्त हुनुअघि आकाशबाट खस्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

दर्जनौँ युक्रेनी बन्दी बोकेको एउटा रुसी सैन्य विमानलाई युक्रेनी सेनाले आक्रमण गरी ध्वस्त पारिदिएको छ। युक्रेनी सैनिकको आक्रमणमा परेर ध्वस्त भएको उक्त रुसी आइएल–७६ बिमानमा ६५ जना युक्रेनी बन्दी सैनिक, ६ चालक दल र ३ एस्कर्ट गरी ७४ जना रहेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ। उनीहरु सबैको उक्त आक्रमणमा परेर मृत्यु भएको पनि रुसी रक्षा मन्त्रालयले जनाएको छ।

खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको भन्दै मन्त्रालयले सो घटनालाई ‘आतङ्कवादी कार्य’ भनेको छ । तर युद्धबन्दीसँग सम्बन्धित युक्रेनी निकायले भने घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त आक्रमण अघि बुधबार बेलगोरोडको सीमामा बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो । उक्त आक्रमण संगै विभिन्‍न आशंकाहरु उव्जिएका छन् ।

युद्धबन्दीहरूको मुद्दा दुवै मुलुकमा संवेदनशील छ । पूर्णस्तरमा शत्रुता भएपनि करिब दुई वर्षअघि युद्ध सुरु भएपछि दुवै पक्ष ४९ बन्दी आदानप्रदान गर्न सफल भएका थिए ।

युक्रेनका अनुसार सर्वसाधारणहित ८ हजारभन्दा बढी युक्रेनी रुसी बन्दीगृहमा रहेका छन् । सन् २०२२ मा रुस र युक्रेनले एकअर्कामाथि पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा क्रेमलिन नियन्त्रित ओलेनिभ्कामा समातिएका दर्जनौँ युक्रेनी सैनिकलाई राखिने कारागारमा घातक बमबारी गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया