चीनमा गयो ६.२ म्याग्निच्युडको भूकम्प : एक सयभन्दा बढीको मृत्यु, दुईसय भन्दा बढी घाइते

चीनमा गयो ६.२ म्याग्निच्युडको भूकम्प : एक सयभन्दा बढीको मृत्यु, दुईसय भन्दा बढी घाइते


  • एजेन्सीहरु
  • मंगलबार, ३ पुष २०८०
  • 3K
    Shares

पोखरा, ३ पुष २०८०/

उत्तरी चीनमा आज बिहान २ बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पमा परेर कम्तीमा एक सयभन्दा बढीको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते छन् ।

भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । रातिदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया