जापानको राजधानी टोकियोस्थित सडकमा ट्याक्सीले किचाएर परेवा मारेको आरोपमा एक जना ट्याक्सी ड्राइभर पक्राउ परेका छन्। सडकमा परेवाको बथानमा आफ्नो ट्याक्सी कुदाएर परेवा मारेको आरोपमा प्रहरीले ट्याक्सी ड्राइभर टोकियोको नाकानो वार्डका ५० बर्षिय ट्याक्सी चालक अत्सुशी ओजावालाई पक्राउ गरेको हो।
गत महिना सिन्जुकु वार्डको निशी-सिन्जुकुको सडकमा ट्याक्सी चालक ओजावाले वन्यजन्तु संरक्षण ऐन उल्लंघन गर्दै परेवाको बथानमा ट्याक्सी कुदाएको सोही क्रममा एउटा एउटा परेवा मारेको महानगरीय प्रहरी विभागले जानकारी दिएको छ।
एक प्रत्यक्षदर्शीले १०० नम्वरमा फोन गरेर जानकारी दिएका थिए । महानगरीय प्रहरी विभागले छानबिन गरेर ट्राफिक लाइटमा पर्खिरहेको ट्याक्सी अचानक कुदेर परेवाको बथानमा ठोक्किएको र महानगरीय प्रहरी विभागले परेवालाई जानाजानी मारेको पाइएको बताएको छ ।
हाल ओराहरी हिरासतमा रहेका प्रहरी समक्ष ट्याक्सी ड्राइभर ओजावाले प्रहरी समक्ष दिएको बयानले भने प्रहरीहरु चकित भएका छन्। अभियुक्तले प्रहरॆसमक्ष ‘सडक मानिसहरुको हो, यो परेवाहरुले चकित पार्ने’ गरेको बताए। उनले आरोप स्वीकार गर्दै ‘सडक मानिसहरुको हो, र परेवाहरू त्यसबाट टाढा रहनुपर्छ’ भनेका छन् ।