भारतमा दुई वटा रेल एकापसमा ठोक्किएर दुर्घटना : कम्तीमा १३ यात्रीको मृत्यु, ५० जनाभन्दा बढी घाइते

भारतमा दुई वटा रेल एकापसमा ठोक्किएर दुर्घटना : कम्तीमा १३ यात्रीको मृत्यु, ५० जनाभन्दा बढी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.8K
    Shares

भारतको आन्ध्र प्रदेशमा दुर्घटनाग्रस्त रेल

भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल एकापसमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया