टिस्टा नदीले भारतीय सैन्य बेस क्याम्प बगायो : २३ जना सैनिक बेपत्ता

टिस्टा नदीले भारतीय सैन्य बेस क्याम्प बगायो : २३ जना सैनिक बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ असोज २०८०
  • 2K
    Shares

टिस्टा नदीमा आएको बाढीबाट बच्न रुखमा चढेर उद्धारको प्रतिक्षा गरिरहेका युवा

भारतको सिक्किमस्थित टिस्टा नदीको किनारमा रहेको भारतीय सेनाको एक बेस क्याम्प बगाउँदा २३ जना भारतीय सेना बेपत्ता रहेका छन्। उच्च बेगका साथ् आएको पानीको बहावले टिस्टा नदी किनारमा रहेको सैन्य बेस क्याम्प बगाएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

टिस्टा नदीमा अचानक आएको बाढीले सैन्य बेस क्याम्पसंगै बेपत्ता ठानिएका २३ जना सैनिकलाई पनि बगाएको हुनसक्ने संचार माध्यमअरुले समाचार लेखेका छन्।

यसैबीच प्राप्त एक जानकारी अनुसार, टिस्टा नदीमा आएको बाढीबाट बच्न एक मानिस रुखमा चढेको फोटो सार्वजनिक भएको छ। उनी रुखको कापमा बसिरहेका छन्। बेलैमा उद्धार नहुने हो भने तीब्र गतिमा रहेका टिस्टा नदीले उनलाई रुख संगै बगाउने हो कि भनेर सर्वत्र चिन्ता प्रकट भैरहेको छ।

उनी चढेको रुखमुनी टिस्टा नदीले तीब्र दबाब दिइरहेको भिडियोहरुमा देख्न सकिन्छ।

प्रतिक्रिया