युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरे

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.6K
    Shares

युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गरेका छन् । रुससँग दुई बर्षदेखि युद्ध जारी रहँदा रक्षामन्त्री रेन्जीकोभ बर्खास्तमा परेका हुन् । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको ठाउँमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नियुक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले रुससँग ५ सय ५० दिनभन्दा लामो समयदेखि चलिरहेको युद्धका लागि उमरोभ जस्ता व्यक्तिको नेतृत्व आवश्यक रहेको बताएका छन् । रुसँंगको युद्धमा देशको रक्षा क्षेत्रमा नयाँ नेतृत्व चाहिएकोले रक्षामन्त्री फेरिएको जेलेन्स्कीको भनाई छ ।

प्रतिक्रिया