भारतको अरूणाचल र अक्साईलाई समेटेर चीनद्वारा नयाँ नक्शा जारी

भारतको अरूणाचल र अक्साईलाई समेटेर चीनद्वारा नयाँ नक्शा जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.8K
    Shares

भारतीय भुमि समेटेर चिनद्वारा जारी नयाँ नक्शा जारी

चीनले सन् २०२३ का लागि आफ्नो देशको आधिकारिक नक्सा सार्वजनिक गरेको छ। सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको चाइना डेलीले समाचार लेखेको छ ।

चीनले सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरेको समाचार एजेन्सीहरुले जनाएका छन्। यता भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्।

द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश पुरै र अक्साई चीनको क्षेत्र समेटिएको द हिन्दुको समाचारमा उल्लेख छ । ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो।

केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो। भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ।

प्रतिक्रिया