पोखराका मगरहरुले मगर दिवस मनाए

पोखराका मगरहरुले मगर दिवस मनाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ फाल्गुन २०७३
  • 15.2K
    Shares

पर्यटकीय नगरी पोखरा र आसपासका गाउँमा रहेका मगरहरुले ३५ औं मगर दिवस आज पोखरामा सामूहिक रुपमा भव्य तरीकाले मनाएका छन् । उनीहरुले पोखरा बजारमा भव्य र्‍यालीको आयोजना पनि गरे । पोखराको टुँडिखेलबाट शुरु भएको उक्त र्‍याली भैरवटोल, भीमसेनटोल, तेर्सापट्टी, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक-लखनचोक हुँदै पोखरा रंगशालामा पुगेर सभामा परिणत भएको थियो । आफ्नो पहिचान र संस्कृति झुल्किने भेषभूषा लगाएका उनीहरुले आफू संगठित रहेको मगर समाजको ब्यानर झाँकी र नाच प्रदर्शन गरेका थिए । साथमा उनीहरुले जातीय पहिचान मेट्न पाइँदैन, जातीय पहिचानका आधारमा संघीयता घोषणा गर” लगायतका नाराहरु पनि लगाएका थिए ।

प्रतिक्रिया