सर्वोच्च अदालतमा पत्रकारलाई दुर्व्यवहार

सर्वोच्च अदालतमा पत्रकारलाई दुर्व्यवहार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ फाल्गुन २०७३
  • 11.7K
    Shares

सर्वोच्च अदालतमा सुनुवाई हुने ठूला मुद्धामा न्यायिक पत्रकारहरुलाई प्रवेश पासमै कडाई गर्न थालिएको छ । सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका प्रहरीले माथिको आदेश भन्दै पत्रकारलाई दैनिकजसो दुर्व्यवहार गर्न थालेका छन् ।

प्रहरीले घण्टौँसम्म अदालत जान रोक लगाउँदा बहस पैरबीमा भाग लिनबाट बञ्चित हुनुपरेको सञ्चारकर्मीहरुको गुनासो छ । संबैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष लिलाधर उपाध्यायले सूचना लिन जाने पत्रकारमाथि दैनिक प्रहरीबाट दुर्व्यवहार हुनु दुःखद् भएको बताए  ।

सर्वोच्च प्रशासनले उपलब्ध गराएको प्रेस पास देखाउँदा पनि अदालतमा सूचना संकलन गर्न जाने सञ्चारकर्मीलाई किन अदालत जानु पर्‍यो ?, सूचना कुन प्रयोजनका लागि लिन आएको हो ? जस्ता अनावश्यक प्रश्नहरु सोधेर प्रहरीले अदालत प्रवेशमा रोक लगाउँदै आएको छ ।

आइजिपी नियुक्तिको सुनुवाइको क्रममा समाचार संकलनका लागि गएका सञ्चारकर्मीलाई माथीको आदेश भन्दै प्रहरीले रोक लगायो ।

प्रतिक्रिया