मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित ३ जना घुस लिँदालिँदै पक्राउ

मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित ३ जना घुस लिँदालिँदै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ फाल्गुन २०७३
  • 9.7K
    Shares

मोहीले प्रयोग गरिरहेको गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने तयारीमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखा व्यवसायी घुसरकम सहित रंगेहात पक्राउ परेका छन् ।

मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषीराम बुढाथोकी, कार्यालय साहयक केशव खत्री र लेखा ब्यवसायी बिष्णु निसुतुले मोहीले भोगचलन गरेको १३ रोपनी गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रायोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने विशेष सूचनाको आधारमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

टोलीले नायव सुब्बा बुढाथोकीको साथबाट घुस रकम ३ लाख र स्रोत नखुलेको १ लाख ४ हजार ५ सय, खत्रीको साथबाट घुस रकम १ लाख र स्रोत नखुलेको २९ हजार ५ सय तथा निसुतुको साथबाट १ लाख श्रोत नखुलेको रकम भक्तपुरको सुवर्णर्ण भोजनालयबाट बरामद गरिएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार