१६ वर्षीया छात्रालाई यौन दुर्व्यबहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

१६ वर्षीया छात्रालाई यौन दुर्व्यबहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०८०
  • 6.2K
    Shares

यौन दुर्व्यबहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् ।

१६ वर्षीया छात्राले श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको र यो कुरा कसैलाई भने मार्नेसम्मको धम्की दिएको फेसबुकमा लेखेकी थिइन् । पछि उनले  विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

बिहीवार साँझमात्र पीडित पक्षले जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया