प्रतिबन्ध लगाएको क्षेत्रमा टिकटक बनाउने तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारवाही गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलमा कार्यरत उनीहरुलाई कारवाही गरेको बताए पनि उनीहरुको विवरण भने सार्वजनिक गरेको छैन ।
अर्को सूचना नभएसम्मका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाएर स्पष्टीकरण सोधिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रतिबन्धित घोषणा गरेको क्षेत्रमा अनुमति नलिई फोटोग्राफी/भिडियोग्राफी नगर्न पटक-पटक सचेत गराउँदै आएको छ । यसले उडान सुरक्षामा असर गर्ने प्राधिकरणको भनाइ छ ।