शनिवार आएको भिषण वर्षाले पाकिस्तानमा मृत्यु हुनेको संख्या २८ पुग्यो

शनिवार आएको भिषण वर्षाले पाकिस्तानमा मृत्यु हुनेको संख्या २८ पुग्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ जेष्ठ २०८०
  • 2K
    Shares

शनिवार आएको भिषण वर्षाले पाकिस्तानमा २८ जनाको मृत्यु

पाकिस्तान र पञ्जाबका विभिन्न भागमा शनिबार भिषण वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण  ६९ घरमा आंशिक क्षति भएको ।

प्राधिकरणका अनुसार करकमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बाढी प्रभावित  खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ । पीडितहरूलाई राहत सामग्री उपलव्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ ।
आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् । रासस

प्रतिक्रिया