आप्रवासी नेपाली शर्मिला श्रेष्ठसँग विवाह गरेका वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक रमेश बिजी अस्ट्रेलिया उडे

आप्रवासी नेपाली शर्मिला श्रेष्ठसँग विवाह गरेका वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक रमेश बिजी अस्ट्रेलिया उडे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 2.1K
    Shares

पत्नी शर्मिला श्रेष्ठका साथ लोक सर्जक रमेश बिजी

आप्रवासी नेपाली शर्मिला श्रेष्ठसँग विवाह गरेका वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक रमेश बिजी अस्ट्रेलिया उडेका छन्।

करीब १२ वर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेका दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजी आफ्नो श्रीमती शर्मिला श्रेष्ठसहित गएको मंगलबार अष्ट्रेलिया उडेका हुन्।

नेपालमा स्याङ्जा घर भएकी श्रेष्ठ बिगत १२ वर्षदेखि अष्ट्रेलियाको मेलवर्न बस्दै आएकी छन् । भने सर्जक बिजी पनि स्याङ्जाली नै हुन्।

बिजी नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निक्कै महत्वपूर्ण योगदान दिने व्यक्ति हुन्। यी दुई बीचको विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथी भाइले बधाई दिइरहेका छन् । दुई दशक भन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा रहेका छन् ।
बिजी अब अष्ट्रेलियामा स्थायी बसोवासकै लागि जान लागेको नजिकका साथीले बताए।

प्रतिक्रिया