मोर्चाको घेराभित्र बामदेव गौतम, एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच कुटाकुट

मोर्चाको घेराभित्र बामदेव गौतम, एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच कुटाकुट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ फाल्गुन २०७३
  • 11.3K
    Shares

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जनकपुरधाम बन्द गराउन हिडेका मोर्चाका कार्यकर्ता एमालेका कार्यकर्ताबाट कुटिएका छन् । जनकपुर नगर बन्द गराउन मोटरसाइकल रैलीसहित हिडेका मोर्चाका कार्यकर्ताहरूलाई बारविगहा नजिकै एमालेका कार्यकर्ताहरूले कुटपिट गरेका हुन् ।

सद्भावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहले दिएको जानकारीअनुसार मोटरसाइकल रैलीको क्रममा एमाले नेता रघुबीर महासेठको घर नजिकैबाट एमाले कार्यकर्ताहरूले ढुँगामुढा गरेका थिए । मोर्चाका कार्यकर्ताहरुले प्रतिकार गर्दा कुटिएको सिंहले बताए ।

एमाले कार्यकर्ताको कुटाईबाट सद्भावना पार्टी रधुनाथपुर गाउँ एकाई कमिटीका अध्यक्ष राजकुमार साहको बायाँ खुट्टा भाँचिएको छ । सद्भावना पार्टी निकट विद्यार्थी मञ्च धनुषाका सचिव कुलदीप साहको टाउको फुटेको छ ।

घाइते दुबै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको सिंहले बताए ।

यता, जनकपुर पुगेका एमाले नेता बामदेव गौतम नेता महासेठ कै घरमा घेरिएका छन् । महासेठको घर वरिपरी व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया