सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणासँगै गृह मन्त्रालयले २० जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरुको सरुवा गरेको छ। गृह मन्त्रालयले फाल्गुन ९ गते डिआइजीहरुको सरुवा गर्ने निर्णय गरेको हो।
मन्त्रालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआइजी प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ भने प्रहरी प्रधान कार्यालय विशेष व्यूरोका बम बहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालय, रानी पोखरीमा सरुवा गरेको छ।
यस्तै क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका पशुपति उपाध्यायलाई प्रहरी प्रधान कार्यालय विभागमा ल्याइएको छ।
त्यसैगरी गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा पनि डीआइजीहरुको सरुवा भएको छ। मन्त्रालयले पूर्व क्षेत्रमा जानकी भट्टराई, पश्चिम क्षेत्र पोखरामा सुबोध अधिकारी, मध्यपश्चिम हेटौडामा नरेन्द्र सिंह, मध्यपश्चिम सुर्खेतमा वसन्त बाँनिया र सूदुर पश्चिम क्षेत्रमा खड्ग राईको सरुवा भएको जनाएको छ।