पोखरा महानगरपाकिला वडा नम्बर २५ हेम्जामा गएराती जिपले ठक्कर दिदा अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको छ। बाग्लुङबाट पोखरातर्फ आँउदै गरेको लु ३ च ५१२ को जिपले शनिबार राति ९ बजे पोखरा २५ हेम्जाको सुन्दरपुरी चोकमा ठक्कर दिदा अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको हो । उनको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
शवलाई पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पालमा राखिएको छ । उक्त शबको पहिचान नभए पछि प्रहरीले आफन्तको खोजीका लागि मृतकको हुल्याहा जारी गरेको छ।
