दुई प्रहरी अधिकृतसहित चार जनाको ज्यान जाने गरी जापानमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले एकजना नगर सभामुखका छोरालाई पक्राउ गरेको छ। मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोप लागेका ३१ वर्षीय किसान मसानोरी आओकीलाई घटनामा प्रयोग भएको ठानिएको राइफल र चक्कुसहित आफ्नो बुबाको घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
स्थानीय टेलिभिजन असाहीले टाउकोमा हात राखेर घरबाट बाहिर निस्किएको र प्रहरीको गाडीमा चढेको देखाएको छ । प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
जापनीज सञ्चार माध्यमहरुका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनले चार चार जना माथी किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो ? त्यो भने अझै खुल्न सकेको छैन ।
जापानमा हिंसात्मक अपराधहरू दुर्लभ छन्। यसमा कडा बन्दुक नियन्त्रण कानुन छ र वार्षिक रूपमा बन्दुकसँग सम्बन्धित केही अपराधहरू मात्र छन्। तर हालैका वर्षहरूमा, सबवेहरूमा अनियमित चक्कुहरू र आगजनीका आक्रमणहरू समावेश भएका केही उच्च-प्रोफाइल घटनाहरू भएका छन्, र त्यहाँ घरेलु बन्दुक र विस्फोटक पदार्थहरूको बारेमा बढ्दो चिन्ता छ।
गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या गरिए पछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएकाे छ किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ ।